हिपमत डटकम

मंगलबार, माघ ०६, २०७७ || 667  पटक पढिएको

रुकुम पश्चिमको राडी बजारमा अनिश्तिकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अर्को सूचना जारी नभएसम्मका लागि मंगलबार साँझ ५ बजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले एक विज्ञप्ति जारी गरी जिल्लाको पूर्वी क्षेत्र घारी खोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

जिल्लाको आठबीसकोट नगरपालिका ९ राडीबजारमा केही समूहबाट अशान्ति सिर्जना गर्न खोजेकोले निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) बमोजिम कफ्र्यू लगाइएको विज्ञप्तिमा जनाइएको छ । मंगलबार राडी बजारमा नेकपा प्रचण्ड–माधव पक्ष र काँग्रेस कार्यकर्ताहरुबीच दोहोरो झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!