हिपमत डटकम

मंगलबार, माघ ०६, २०७७ || 666  पटक पढिएको

सिरहाको लहानमा आज दिउँसो बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गसँग टाँसिएको लक्ष्मण ललिता मावि स्कुल नजिकै रहेको सार्वजानिक पोखरीमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पोखरीमा माछा मार्न गएका स्थानीयवासी बिन्दु शहनीले पानीमा डुविरहेको अवस्था शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नाम नखुलेका अन्दाजी ५०–५५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शालिग्राम पौडेलले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!