विवेकशील साझा पार्टी मोरङले प्रधानमन्त्री ओलीलाई अक्षर चिन्न प्रदेश १ का मुख्यमन्त्री शेरधनराई मार्फत ठूलो वर्णमाला उपहार पठाएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा गरिएको राजनैतिक तथा संवैधानिक कू को विरुद्ध साझा विवेकशील मोरङले संकेतिक विरोध स्वरुप प्रधानमन्त्रीलाई उपहार पठाउन प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराइलाई ठूलो वर्णमला उपहार बुझाइएको छ ।
मंगलवार जिल्ला संयोजक अमलेश कर्ण, सचिव श्याम कोइराला र अभियान विभाग प्रमुख चिरञ्जीवि रेग्मीद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्र सहित सो वर्णमाला बुझाइएको हो ।

प्रधानमन्त्री ओली नेपालका प्रचलित कानुन तथा नेपालको संविधान २०७२ पढ्न नसकेको, अक्षर चिन्न नसेको, बाह््रखरि बुझ्न नसकेको, संविधानमा उल्लेखित अंक छुट्याउन नसकेको र नसक्ने भएको आफैले प्रमाणित गरिसकेकोले उहाँलाई अक्षर चिन्न आवश्यकता रहेको महसुस गर्दै ठूलो वर्णमाला उपहार पठाइएको संयोजक कर्णले बताएका छन् ।

विज्ञप्तीमा २०७८ वैशाख १७ र २७ मा संघिय मध्यावधि निर्वाचन गर्ने गरि संघीय संसद विघटन संविधान बमोजिम गरिएको हो भन्नु आफैमा निरंकुश तथा सर्वसत्तावाद हो, संवैधानिक कू हो उल्लेख गरिएको छ । विज्ञप्तीमा प्रधानमन्त्रीको अहमता, असफलता, निरंकुशता र वालपन जस्तो हठको विषयमा जिकिर गरिएको छ ।

विवेकशील साझा, प्रशिक्षण बिभाग प्रमुख केसब दाहाल सहित पार्टीका अन्य नेता तथा कार्यकर्ता सरोज नेपाल र भोला खड्का सहितको उपस्थितीमा जिल्ला संयोजक अमलेश कर्ण र प्रदेश १ का कार्यवाहक संयोजक महेन्द्र थापाले संयुक्त रुपमा विज्ञप्ती सहित ठूलो वर्णमाला बुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!