हिपमत डटकम

मंगलबार, माघ ०६, २०७७ || 650  पटक पढिएको

प्रदेश १ को राजधानी विराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष प्रकाश चन्द्र लोहनीले पार्टीको झण्डा तथा चुनाव चिन्ह अनावरण गरेका छन् ।

स्थनीय जानकी सेवा सदनमा आयोजित झण्डात्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा पार्टीको झण्डा गाई र चुनाव चिन्ह हलो सार्वजनिक गरेका छन् । कार्यक्रम शुरुहुन अगाबै आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लोहनीले नेपाली जनताले खोजेको वैकल्पिक शक्तिको रुपमा राप्रपा पहिलो पार्टीको रुपमा स्थापित हुने दावी गरे ।

पार्टीका प्रमुख चार अवधारना बारे जिकिर गर्दै राजसंस्था स्थापित हुनु पर्ने, हिन्दुधर्म र वौद्ध धर्म सापेक्ष राष्ट्रको पहिचान हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण र वेरोजगारी रहेको बताएका छन् । अध्यक्ष लोहनीले “धर्मको विषयमा जनमत संग्रह संविधान सम्मत पनि रहेकोले गर्न सकिन्छ त्यासमा कसैको कुनै आपति नहुनु पर्ने हो तर, सबै पार्टी मिलेर नै संवैधानिक राजसंस्था स्थापित गर्नु पर्ने हाम्रो अवधारण रहेको” बताएका छन् ।

राज संस्थामाथी जोड दिंदै अगाडी बढेको राप्रपाको काठमाडौं जुलुलस जनआन्दोलन पछिको सबभन्दा ठुलो जुलुस रहोको भन्दै अध्यक्ष लोहनीले प्रतिनिधि सभा विघटनको विषय अदालतमा रहेकोले अदालतको निर्णय हाम्रो पार्टीलाई मान्य हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!