हिपमत डटकम

मंगलबार, माघ ०६, २०७७ || 673  पटक पढिएको

दाङको तुलसीपुरमा एक महिलाले गर्भ रहेको ६ महिनामै बच्चा जन्माइन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ लुहाडवरा निवासी रेसु रावतले गत कार्तिक १ गते बच्चा जन्मने समय भन्दा ३ महिना अघि नै दोश्रो सन्तानको रुपमा छोरा जन्माएकी हुन् । उनले घोराहीको गोर्खा हस्पिटलमा छोरालाई जन्म दिएकी हुन् ।

तर, उनको बच्चाको अवस्था निकै कमजोर भएका कारण तत्कालै तुलसीपुरस्थित तुलसी बाल अस्पतालमा भर्ना गर्न ल्याएको थियो ।

अस्पतालका सञ्चालक तथा बालरोग बिशेषज्ञ डाक्टर किशोर खत्रीले बच्चालाई ३ महिनासम्म अस्पतालमै राखेर उपचार गरेर सामान्न अवस्थामा आएपछि सोमवार डिस्चार्ज गरिएको जानकारी दिए ।आमालाई थाइराइट रोगको समस्या भएका कारण अगाडी नै बच्चा जन्मिएको डा. खत्रीले बताए ।

जन्मदा ८ सय ग्राम रहेको उक्त बच्चा अहिले २ किलो साढे ४ सय ग्राम रहेको डा. केसीले बताए । सामान्य बच्चाको तौल जन्मदा साढे २ देखि साढे ३ केजी सम्मको हुनुपर्ने हुन्छ ।

‘समय अघि नै जन्मने बच्चाहरु विकसित देशहरुमा पनि मृत्युदर बढी हुने गर्दछ’ उनले भने ‘यस्ता खालका बच्चामा संक्रमणको डर बढी हुने हुदाँ हामीले धेरै प्रयास पछि बच्चा बचाउन सफल भएका हौं।’

बच्चालाई प्लेटलेट्सको आवश्यकता परेको हुदाँ १८ दिन नेपालगञ्ज मेडिकल कलेजमा राखिएको समेत डा. केसीले जानकारी दिए । त्यसपछि पुनः तुलसी बाल अस्पतालमा ल्याएर बच्चा भर्ना गरिएको थियो । अहिले आमा बच्चा दुवैको अवस्था अहिले सामान्य रहेको डा. खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!