हिपमत डटकम

मंगलबार, माघ ०६, २०७७ || 627  पटक पढिएको

ललितपुरमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । सोमबार बिहान महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा रहेको घरको ग्राउन्ड फ्लोरमा ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृतावस्थामा फेला परेका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

एसपी महर्जनका अनुसार भित्रबाट लक गरिएको अवस्थामा उनीहरुको शव भुँइमा लडिरहेको अवस्थामा फेला परेको हो । शव नजिकै एउटा भाँडोमा बान्ता गरेको र विषादीको बट्टासमेत फेला परेको छ ।

विषादीको बट्टा र बान्ता समेत घटनास्थलमा भेटिनुले आत्महत्या गरेको हुन सक्ने भएकाले अनुसन्धान त्यसमा नै केन्द्रित छ । ‘सँगसँगै हामी थप अन्य एंगलबाट पनि अनुसन्धान गरिरहेका छौँ’, एसपी महर्जनले भने ।

राजविराज स्थायी घर भएका उनीहरु चार वर्षदेखि उक्त फ्ल्याटमा आमाबुबासँग बस्दै आएका थिए । मृतकका आमाबुबा केही दिनदेखि छोरीको घर गएको समयमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धान रहेको छ ।

उनीहरु आइतबार रातिसम्म आमाबुबासँग फोन सम्पर्कमा थिए । तर बिहान सम्पर्क हुन छोडेको प्रहरीले बताएको छ । सम्पर्क हुन नसकेपछि घरबेटीलाई खबर गरिएको थियो । घरबेटीले झ्यालबाट हेर्दा भित्र उनीहरु लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मृत पुरुष भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। उनीहरुको गत वर्षको फागुनमा विवाह भएको थियो ।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट र मृत्युको कारण खुल्ने कुनै पनि कागजपत्र भेटेको छैन। उनीहरुको मोबाइलमा कुनै जानकारी वा केही भेटिने आशंकामा प्राविधिक पक्षको अनुसन्धान सुरु गरिएको छ। केही अघिमात्रै राजधानीको टोखामा पनि एक दम्पत्ती मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!