हिपमत डटकम

सोमबार, माघ ०५, २०७७ || 739  पटक पढिएको

फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम असुली गर्न खोज्ने तीन जना पक्राउ परेका छन् ।

आइतबार साँझ काठमाडौँको बागबजारस्थित मोडल हस्पिटलबाट दोलखाका १९ वर्षका प्रदिप कार्की र सुरज भण्डारी साथै २१ वर्षीय किरण कार्की पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरुले फोन र म्यासेजमार्फत काठमाडौँ उपत्यकाका विभिन्न व्यक्तिहरुलाई रकम माग्ने गरेको र नदिए ज्यान मार्ने धम्की समेत दिने गरेका महानगरी अपराध महाशाखाले जनाएको छ ।

धम्क्याउँदै रकम असुली गर्न खोज्ने गिरोह सक्रिय रहेको सूचनाको आधारमा महाशाखाले परिचालन गरेको प्रहरी टोलीले उक्त गिरोह पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले धम्क्याउन प्रयोग भएका पाँच वटा मोबाइल र सिम बरामद गरेको छ ।

थप अनुसन्धानका लागि अभियुक्तहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!