हिपमत डटकम

सोमबार, माघ ०५, २०७७ || 1054  पटक पढिएको

उर्लाबारी, एक महिना अघि मृत भेटिएका उर्लाबारीका एक व्यक्तिको परिवारले किटानी जाहेरी दिंदापनि प्रहरीले छानबिनमा तादरुकता देखाएको छैन ।

उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोला गत पुष ५ गते शंकास्पद अवस्थामा मृत भेटिएका थिए । साथीहरुको डेरामा गएका व्यक्ति मृत भेटिएका र उनीसंगै रहेका ४ जना साथीहरुको भूमिका शंकास्पद देखिएपनि प्रहरीले कुनै छानविन अघि बढाएको छैन । बास्तोला परिवारले घटना भवितव्य नभइ हत्या नै भएको जनाएका छन् ।

घटनामा संलग्न भनिएका उर्लाबारी–६ बस्ने रिकेस सिवा भनिने राकेश दर्जी, दिपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली पक्राउ परेपनि केहिदिन पछि नै थुनामुक्त भएका छन् । उनीहरु लाई मुद्धा चलाएर अदालती प्रकृयाबाट न्याय निरुपण गर्नुपर्नेमा त्यतिकै छोडिदिएपछि उर्लाबारी प्रहरी शंकाको घेरामा परेको हो । घटनाको बारेमा जानकारी माग्दा पीडित पक्षलाई प्रहरी निरीक्षक उद्धव पोखरेलले उल्टै थर्काउने गरेको मृतककी बहिनी दुर्गा बास्तोलले बताइन् ।
कसैको फोन आएर दिउसो २:५५ बजे घरबाट उर्लाबारी चौक पूर्व गएको त्यसपछि आफ्नो छोरा सदाका लागि बिदा भएको मृतकका बुवा प्रेम बास्तोलाको भनाई छ । उनका अनुसार साथीहरु संगै बसेर मादक पदार्थ सेवन गरेको भनिएपनि परिवारलाई मृत्युको जानकारी नदिई शव अस्पताल पुर्याएका थिए । १२ घण्टापछि मात्रै परिवारले घटनाबारे जानकारी पाउनु, स्थानीय गोदावरी अस्पतालमा मृतकको शव हुँदाहुदै मावा खोलामा लास छ भनेर ढाट्नेजस्ता कार्य भएकोले घटना शंकास्पद रहेको बुझाइ बास्तोला परिवारको छ । उनीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेका छन् । प्रहरीले आफन्त र स्थानीयलाई जानकारी नै नदिएर नियन्त्रणमा लिइएका आरोपितलाई छाडिसकेको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपनि मृत्युको कारण सामान्य भनेर प्रहरीले घटनालाई ढिसमिस गराएको पीडित परिवारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!