हिपमत डटकम

सोमबार, माघ ०५, २०७७ || 869  पटक पढिएको

लगातार उकालो लागेको शेयर बजार सप्ताहको दोस्रोदिन सोमवार पनि १७.३१ अंकले बढेर २३३२.३१ मा बन्द भएको छ । आइतवार २३१५ मा बन्द भएको बजार सोमवार ०.७५ प्रतिशत बढेर २३३२.३१ मा बन्द भएको छ ।


२०७ कम्पनी सहभागी भएको यस बजारमा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६७ को कारोबार भएको छ । यो कारोबार रकम आइतवारको कारोबार भन्दा ५ करोड ९६ लाख ०३ हजार ६१५ ले कम रहेको छ । सोमवारको कारोबारमा सेन्सेटिभ इन्डेक्स पनि २.१८ अंकले बढेर ४४५.६० मा पुगेको छ । यस दिन एकमात्र हाइड्रो पावरमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ । सोमवार ९ वटा कम्पनीको बृद्धि दर ९ प्रतिशत भन्दा बढी रहेको छ भने एक कम्पनीको बृद्धि दर १० प्रतिशत रहेको छ ।

सोमवारको कारोबारमा सर्वाधिक प्रभुबैंक लि. २२ करोड ८७ लाख २२ हजार ४९४, एन टि सी १६ करोड ५० लाख ३१ हजार ६४४, एन आइ सी एशिया बैंक लि. १५ करोड ७६ लाख १८ हजार ३३४, सी एल आइ सी एल पी १२ करोड ६९ लाख ०७ हजार, एन एल आइ सी ८ करोड ५९ लाख ९१ हजार ५२७ कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!