देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.४ बाट भन्सार छली गरी भित्र्याईएको २ लाख ५० हजार बराबरको अबैध समान बराम्त गरेका छन् ।
बिशेष सूचनाको आधारमा आइतवार बिहान ४ बजे कप्तानगञ्ज सशस्त्र प्रहरी बलबाट खटिएको सशस्त्र प्रहरीको टोलीले २ लाख ५० हजार रुपैयाँ बराबरको १०० पिस प्लास्टिकको खुर्शी, ५काटुन नेपाली रक्सी, २७६ पिस कोलगेट र नम्बर नखुलेको होन्डा मोटरसाईकल पक्राउ गरेका छन् ।
यताा बर्जु गाउँपालिका वडा नम्बर ३ बाट अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी ५० हजार मुल्य बराबरको प्लास्टि खुर्शी बराम्द गरेको छ । सशस्त्र प्रहरी बल अमडुवाबाट खटिएको प्रहरी टोलीले शुक्रबार राती ८ बजे अवैध समान नियन्त्रणमा लिएको छ ।
बरामद गरेको अवैघ समान आवश्यक कारवाहिको लागी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको । कप्तानगंज सशस्त्र प्रहरी बलका प्रमुख भुपेन्द्र बस्नेतले जनाकरी दिनुभयो ।