हिपमत डटकम

शनिबार, माघ ०३, २०७७ || 529  पटक पढिएको

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुकमा राजनीतिक र संवैधानिक संकट गहिरिंदै गएको छ । राजनीतिक दल, नागरिक समाजका अगुवा, विभिन्न संघ-संस्था संसद विघटनबिरुद्ध आन्दोलनमा छन् ।

दैनिकजसो उपत्यकालगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भैरहेका छन् । आज पनि उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शन,बैठक, अन्तरक्रिया र विरोधका कार्यक्रमहरु हुँदैछ । उपत्यकामा आज हुने कार्यक्रमहरू अहिले बिहान माइतीघर मण्डलामा विवेकशील पार्टीले प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदम र अधिनायकवादको विरुद्ध प्रदर्शन गर्दैछ । नेपाल सनातन धर्म सांस्कृतिक संगठन बागमती प्रदेशको बैठक राप्रपाको केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने जनाइएको छ ।

त्यस्तै, राष्ट्रिय नागरिक आन्दोलन समितिले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सरकार र प्रहरी प्रशासनले गरेको दमन र ज्यादतिका विरुद्ध माइतीघर मण्डलामा विरोधसभा गर्दैछ । मध्यान्ह १२ बजे रोयल ब्याङ्क्वेट, तीनकुनेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली समूह) प्रदेश सम्पर्क कमिटी प्रदेश नं. १ ले प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा बृहत् कार्यकर्ता भेला गर्दैछ । प्रतिनिधिसभा विघटनका विरुद्ध अहिंसात्मक नागरिक आन्दोलन हुँदैछ । मध्यान्ह माइतीघर मण्डलामा हुने उक्त कार्यक्रमा डा. गोबिन्द केसीको उपस्थिति रहने बताइएको छ ।

त्यसैगरी, संवाद डवली, अनामनगरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेल, नेकपा (माले) का महासचिव सिपी मैनाली,वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटर,पूर्व जर्नेल प्रेम सिंह बस्नेत लगायतको उपस्थितिमा राष्ट्रिय राजनीतिक जन–परामर्श सम्मेलन विषयक जनपरामर्श कार्यक्रम गर्दैछ । शाही युवा शक्ति नेपालले पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दैछ । विभिन्न पार्टी परित्याग गरी युवाहरू उक्त पार्टीमा प्रवेश गर्ने जनाइएको छ । कार्यक्रम होटल एल्लो प्यागोडा,जमलमा अपरान्ह २ बजे हुँदैछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा विप्लव समूह)ले गिरफ्तारीमा परेको नेता – कार्यकर्ताहरूलाई रिहाइको माग राखी विरोध जुलुस गर्दैछ ।

गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राखेर पानीसमेत नखाई गरेको सत्याग्रह आज पनि जारी छ आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशनअनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा मिति असोज १२ गतेदेखि गरेको तालाबन्दी यथावत छ । प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलन गरिरहेको नेपाली कांग्रेसले आज देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध चरणबद्द आन्दोलन गरिरहेको कांग्रेसले यसअघि नै संघ र प्रदेशका निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन र सभा गरिसको छ । कांग्रेसले देशका सबै वडासम्म विरोध कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!