हिपमत डटकम

शुक्रबार, माघ ०२, २०७७ || 734  पटक पढिएको

बिराटनगर । विहिवार भारतको दिल्ली उडेका परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भेटघाटलाई तिब्र बनाएका छन् । उनले शुक्रवार विहान उनका भारतीय समकक्षी एस जय शंकरसंग भेटघाट गरेका छन् । बीच वार्ता सुरु भएको छ। संयुक्त आयोगको बैठकमा भाग लिन विहिवार परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली पुगेका हुन् ।

दिल्लीको हैदरावाद हाउसमा शुक्रवार भारतीय समकक्षी जयशंकरसंग वार्ता सुरु भएको हो । वार्तामा इपीजी, द्विपक्षीय सम्बन्ध र कोरोनाविरुद्धको खोप खरिद र अनुदानबारे छलफल हुने भारतस्थित नेपाली दूतावास स्रोतले बताएको छ।

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा मन्त्री ज्ञवाली बिहीबार भारतको नयाँदिल्ली पुगेका हुन्। त्यसक्रममा समकक्षी एस जयशंकरसँग उनको भेटवार्ता भएको हो। यसपछि संयुक्त आयोग बैठक सुरु हुने छ ।

नेपालले बैठकमा सिमा विवादका विषय उठाउने तयारी गरेकोछ । तर भारतले भने ठिक विपरित प्रतिकृया दिएको छ । नेपाली पक्षले आयोगको बैठकमा सीमा विवादबारे पनि छलफल हुने बताइरहँदा भारतीय पक्षबाट भने यसको ठीक विपरीत सीमा विवादबारे छलफल नहुने समाचार आएको छ ।

तर ज्ञवाली दिल्ली अवतरण गरेकै दिन भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोग सीमा विवादबारे छलफल गर्ने उपयुक्त मञ्च नभएको प्रतिक्रिया दिएका छन् । ुसीमा मुद्दाबारे हाम्रो स्थिति सबैलाई थाहै छ । म भन्न चाहन्छु, संयुक्त आयोग बैठक र सीमा सवाल छुट्टाछुट्टै संयन्त्र हुन्,ु श्रीवास्तवले साप्ताहिक ब्रिफिङको क्रममा भनेका छन् । News Source :- Taja Khabar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!