हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 533  पटक पढिएको

राष्ट्रिय सभाको गत शुक्रबारको बैठकमा बोल्दै राष्ट्रपतिबाट मनोनीत सांसद डा. विमला पौडेल राईले महिला यौनिकताको सम्बन्धमा गम्भीर प्रश्न उठाउनुभएको छ । अमुक भाषामा केही नेता तथा पूर्वमन्त्रीहरूलाई चुनौती दिँदै उहाँले हालैका विरोध कार्यक्रममा राष्ट्रपतिको यौनिकतामाथि धेरै हमला भएको बताउनुभएको हो ।

राष्ट्रपति मात्रै होइन कुनै पनि महिलालाई लिंगको आधारमा होच्याउन र त्यसरी संबोधन गर्न तथा मानमर्दन गर्न पाइँदैन । यसमा कसैको दुईमत छैन । तर, विद्वान् महिला सांसदले केही समयअघि पूर्वसांसद तथा राजदूत कमानसिंह लामा र उहाँकी श्रीमतीको घरायसी सम्बन्धलाई जोडेर केही सञ्चारमाध्यमले एउटी अर्की निर्दोष महिलामाथि गरेको तल्लोस्तरको व्यवहार र उनको महिला यौनिकताको संवेदनशील विषयमा साँधेको रहस्यमय मौनता यतिखेर छताछुल्ल भएको छ ।

कमानसिंहकी श्रीमतीको विषयसँग जोडेर सञ्चारमाध्यममा सुसन कर्माचार्यको फोटो प्रकाशित हुँदाको अमानवीय समाचारप्रति डा. राईको ध्यान किन गएन होला ? ती महिला न्याय माग्न प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष समेत पुगेकी थिइन् । यसका वावजुद त्यसरी लाजै लाग्ने गरी समाचार छरपष्ट पार्ने मिडिया र सामाजिक सञ्जाल रंग्याउने साइबर सेनाबारे बोल्न उहाँलाई कसले छेक्यो होला ? किनभने त्यो घटना र अहिलेको समाचारलाई उहाँले गुटको आँखाले हेर्नुभएको आरोप छ ।

राष्ट्रपतिबाट मनोनीत सांसदसमेत गुटको राजनीतिबाट माथि उठ्न नसकेपछि अरूबाट के आश गर्ने ? आखिर महिला महिला नै हुन् चाहे ती महलमा बसुन् वा भीर पखेरामा । महिला संवेदनशीलता सबैको बराबर हुन्छ चाहे त्यो विद्वान होओस् वा अनपढ । त्यसैगरी ठुल्ठूला पुस्तक अध्ययन गर्ने र ढिकी–जाँतो गर्ने महिलाको यौनिकताको विषय पनि फरक हुँदैन । तर, अहिले चर्को कुरा गर्ने माननीयले प्रधानमन्त्रीले केही दिनअघि अर्कै राजनीतिक सन्दर्भमा उल्लेख गरेझैँ महिला यौनिकताको संवेदनशीलतालाई स्वर्ण, रजत र कास्यमा वर्गीकरण गर्नुभएको त होइन भन्नेहरूको संख्या पनि ठूलो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!