हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 560  पटक पढिएको

सामाजिक सञ्जाल ट्वीटरले ७० हजारभन्दा बढीको खाता निलम्बन गरेको बताएको छ । पछिल्ला दिनमा सामाजिक अमनचयन,मर्यादा र अनुशासन उल्लंघनका घटनालाई फैलाउने काममा ट्वीटरको गलत प्रयोग भएकोले त्यस्ता कार्यमा संलग्नहरूको खाता बन्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।

आफ्नो निहित स्वार्थपूर्तिका लागि विश्वका शक्तिशाली नेतादेखि प्रख्यात व्यक्तित्वबाट समेत क्यूआनोन सिद्धान्तबमोजिम गरिएका हर्कतलाई रोक्न उक्त कदम चालिएको बताइएको छ । क्यूआनोन एउटा घोर दक्षिणपन्थी सिद्धान्त हो । जसलाई सभ्य समाजले अस्वीकृत र बदनाम सिद्धान्तको रूपमा यसअघि नै अस्वीकार गर्दै आएको छ । यसलाई सरल भाषामा षडयन्त्रको सिद्धान्त पनि भन्ने गरिन्छ ।

समाजलाई अधोगतितर्फ लैजान उन्मुख गराउने उद्देश्यले पोष्ट गरिएका तस्बिर र लेखिएका केही वाक्यले मानव विकासमा दूरगामी असर पार्ने देखिएपछि आफूहरूले त्यस्तो कठोर निर्णय गरेको ट्वीटरले बताएको छ । अघिल्लो साता अमेरिकाको राजधानी वासिङ्गटन डिसीस्थित संसद भवन क्यापिटल हिलमा भएको आक्रमणलाई सहयोग पुर्याउने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरको भरपुर प्रयोग गरेको देखिएको थियो । त्यसैगरी राष्ट्रपतीय चुनावी परिणामको बारेमा पनि ट्रम्पले जानाजानी भ्रामक जानकारी फैलाउन ट्वीटरको सहयोग लिएको आरोप लाग्दै आएको छ । ट्वीटरले राष्ट्रपतिको खाता यसअघि नै बन्द गराइसकेको छ ।

यसैबीच,राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग अमेरिकी तल्लो संसद कँग्रेसले पारित गरेको छ । आगामी बुधबार दिउँसो १२ बजेदेखि नयाँ राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण पश्चात् कार्यभार सम्हाल्ने तयारी गरिरहँदा ह्वाइट हाउस छाड्ने अवस्थामा रहेका ट्रम्पले जनवरी २४ तारिखसम्म वासिङ्गटनमा संकटकाल लगाइदिएका छन् । बहुलठ्ठी पाराका ट्रम्पले जनवरी २० मा ह्वाइट हाउसमा आयोजना हुने नवनिर्वाचित राष्ट्रपति बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिशको शपथ ग्रहण समारोहमा उपस्थित नहुने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!