हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 626  पटक पढिएको

बिराटनगर। सामूहिक बलात्कार गरेको आरोप लागेका फरार आरोपी पक्राउ परेका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का धर्मेन्द्र चन्दलाई पक्राउ गरेको हो ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरि फरार रहेका भनिएका चन्दलाई कञ्चनपुर भिमदत्त नगरपालिका ऐटपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) अमरबहादुर थापा क्षेत्रीले बताए ।

चन्दलाई पक्राउ गरी बैतडी पठाइसकिएको डिएसपी क्षेत्रीले बताए।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीका अनुसार सामूहिक बलात्कारमा संलग्न पञ्चेश्वर गाउँपालिका-४ का २३ वर्षीय प्रविन चन्दलाई पक्राउ गरिसकेको छ ।

डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार मंसिर र पुषमा पीडित युवतीमाथि पटक पटक बलात्कार भएको भन्दै उजूरी परेको थियो । News Source ;- (Rato Pati)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!