हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 523  पटक पढिएको

भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ दर्शकहरुबीच निकै लोकप्रिय छ । पछिल्ला १२ सिजन अमिताभ बच्चनले यो शो सञ्चालन गरे । तर, अब अमिताभले यस शोबाट अवकाश लिने बताएका छन् ।

अमिताभले भर्खरैमात्र केबिसी १२ को अन्तिम एपिसोडको सुटिङ समाप्त गरे । सुटिङ सकिएलगत्तै उनले आफ्नो फ्यानहरुका लागि विशेष ब्लग लेखेका हुन्, जहाँ उनले अवकाशबारे लेखेका छन् । अमिताभले लेखेका छन्, ‘म अब थाकिसकेको छु र रिटायर्ड भइसकेको छ्ु । म माफी चाहन्छु, तपाईहरु सबैसँग, कौन बनेगा करोडपतिको सुटिङको यो अन्तिम दिन निकै लामो रह्यो ।’

यद्यपी, आगामी संस्करणहरुमा पनि कुनै न कुनै रुपमा केबिसीको हिस्साका रुपमा रहने उनले जनाएका छन् । शोको अन्तिम एपिशोडमा आफुलाई भव्य बिदाई र प्रेम मिलेको उनले बताएका छन् ।
गत वर्ष कोभिडका कारण शोको सुटिङ रोकिएको थियो । त्यस्तै, अमिताभ, छोरा अभिषेक र बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कारोरना भएको थियो । जब, अमिताभले कोरोनाको लडाइँ जिते, त्यसपछि फेरि शो सुरु भयो ।

अमिताभले अवकाश लिने घोषणा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सोशल मिडियामार्फत अमिताभ सधैं आफ्ना फ्यानहरुसँग जोडिन रुचाउँछन् । उनी फ्यानहरुका लागि खास तस्विर र आफ्नो जिन्दगीका किस्साहरु सुनाउँछन् । अमिताभ अहिले ‘मेड’, ‘झुन्ड’ र रिया चक्रवर्तीको फिल्म ‘चेहरे’ को सुटिङमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!