हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 1268  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटवार्ता गरेको छन् । बुधबार साँझ प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । ५ पुसमा नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि देउवाले नेकपाको प्रचण्ड–नेपाल खेमासँग पहिलो पटक अनौपचारिक भेट गरेका हुन् ।

भेटमा प्रचण्ड र नेपालले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दालाई मध्यनजर गर्दै संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका थिए ।

यसबारे भेटवार्तामा सहभागी काँग्रेस नेता रमेश लेखकले देउवाको भनाइ उद्दृत गर्दै भने, ‘सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ, अदालतले जे निर्णय गर्छ त्यो हाम्रो पार्टीले मान्छ भन्दै आएका छौं । हामीले ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छौँ । अदालतले जे निर्णय दियो त्यही मान्ने हो ।,’

देउवाले प्रचण्ड–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका थिए । ‘यसबारे थप केही कुरा मैले भन्न सक्दिनँ । पार्टीमा सल्लाह गर्नुपर्छ, हाम्रो केन्द्रीय समिति बैठक चलिरहेकै अवस्था पनि छ,’ देउवाको भनाइ थियो । यस्तै देउवाले सयुक्त संघर्षका लागि काँग्रेसले साथ दिन नसक्ने बताएका थिए । ‘उहाँहरूले हामी मिलेर जाऔँ, संयुक्त संघर्ष गरौं र प्रतिनिधि सभा पुनस्र्थापनामै बल गरौँ भन्नुभएको थियो,’ लेखकले भने ।

प्रचण्ड र नेपालले ओलीको असंवैधानिक कदमलाई बल पुग्ने गरी प्रस्तुत नभइ दिन देउवासामू आग्रह गरेका थिए । यसको जवाफमा देउवाले ‘हामी संयुक्त आन्दोलन गर्दैनौँ, एक्लै विरोधका कार्यक्रम गर्छौं भनेर सभापतिले भन्नुभएको छ । हामी आन्दोलनमा पनि गइसकेका छौँ । हामीले पुनस्र्थापना भनेका छैनौँ । निर्वाचन पनि भनेको छैन । अदालतले जे भन्छ त्यो मान्छौँ भनिरहेकै छौँ,’ भनेका थिए । तर लेखकले संसद पुनस्र्थापन भइहालेको खण्डमा कसरी अगाडि जाने भन्नेबारे कुनै प्रस्ताव नआएको बताए ।

‘प्रधानमन्त्री को बन्ने के गर्ने भन्नेजस्ता केही अफर आएका छैनन्,’ लेखकले भने, ‘हामीले कसलाई सहयोग गर्नेजस्ता केही निर्णय गरिसकेका छैनौँ ।’

देउवाले तत्काल नेकपाको कुनै पक्षसँग पनि सहकार्यको सम्भावना नरहेको बताएका थिए । ‘कसैसँग मिलेर पनि आन्दोलन गर्दैनौँ । काँग्रेस एक्लै आन्दोलनमा गइसकेको छ । नेकपाको कुन खेमालाई सहयोग गर्ने भन्ने कुरा अहिले नै हामीले निर्णय गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!