खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं,१३ माघ :कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ ।

कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पु¥याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्कलाई सकृय बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ । शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एम्वुलेसमा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

सोमबार, माघ १३, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया