काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले कार्यकर्ता, नागरिक समाज र प्रतिपक्षले आफूहरुलाई साथ दिएको बताएका छन् । प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा नेपाले भने, ‘उहाँ (केपी ओली) एकलिनुभएको छ । तानशाह यसरी नै एकलिनुहुन्छ ।’

केपी ओली गुटले अगाडि सारेका भ्रमहरुलाई एक एक गरी चिर्नुपर्ने बताए । उनले भने, ‘उहाँको विशेषता नै भ्रम र झुट हो । केपी ओलीले लोकतन्त्रको मर्ममाथि प्रहार गर्नुभएको छ। हामी कुनै पद प्राप्तिका लागि होइन, संविधान र लोकतन्त्रको रक्षाका लागि लागेका हौं । ओलीको गुट गलत बाटोमा छ, हामी सही बाटोमा छौं । ओली गुटले फैलाएका भ्रम चिर्न आवश्यक छ। ओली झुटको पुलिन्दा हुनुहुन्छ।’

उनले भने, ‘उहाँ एउटा खेलाडी पनि हुनुहुन्छ। चतुर त नभनौं, डमरु बजाउँदै टिकट बाँडिरहनुभएको छ। केपीले ४ सय केन्द्रीय सदस्यलाई पाँच सयको बनाउनुभयो । त्यसपछि ११ सयको बनाउनुभयो । अहिले १५ सयको बनाइएको छ । म सुन्दैछु २५ सयको बनाइँदै छ । त्यसपछि कत्तिमा ५ हजार त पुग्छ होला । उहाँको सडक छाप पार्टीमा को को जानुहुन्छ । त्यो प्ररित्याग गर्ने क्रम जारी छ । त्यो सडक छाप पार्टीमा कति बस्न
हुन्छ । ’

उनले नेकपाका उपाध्यक्ष वामदेव गौतम बालुवा पेलेर तेल निस्कन्छ भनेर लागेको बताए । ‘बालुवा पेलेर तेल निस्कन्छ कि भनेर वामदेव कमरेड लागिरहनुभएको छ तर त्यो सम्भव नै छैन। ओली कहिले सुधारिने मानिस होइन। उहाँ कहिले झुक्न खोज्नुहुन्न,’ उनले भने। केपी ओली कम्युनिस्ट नभएको आरोप नेपालले लगाए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!