हिपमत डटकम

बुधबार, पौष २९, २०७७ || 656  पटक पढिएको

बुटवल । प्रतिनिधिसभा विघटन गरिएको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम राखेज गनुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मडिया जि न्युज नेपालमा बन्द गर्नुपर्ने, सरकारले महङ्गी नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेलले प्रदर्शनपश्चात् आयोजित कोणसभामा बोल्दै प्रधानमन्त्रीले जनमतको अपमान गरी संविधान विघटन गरेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय ईशारामा चलेको विभिन्न घटनाक्रमहरुले पुष्टी गरेको दाबी गरे ।

नेपाली जनताले तिरेको करवाट बालुवाटारमा भोज खाएका भारतीय जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथा बेस क्याम्पमा पुगेर फेरि एकपट नेपाल र नेपालीको स्वाधिनतामाथि आक्रमण गरेको आरोप प्रदर्शनकारीले लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!