हिपमत डटकम

मंगलबार, पौष २८, २०७७ || 895  पटक पढिएको

धरान र कोरोना महामारीले बन्द सिनेमाहल खुलेपनि कुनै नयाँ नेपाली फिल्म रिलिज नभई रहेको अवस्थामा एक्शन किङ्ग नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्म ू एउटा यस्तो प्रेम कहानी ू ले माघ १ गते बाट देशभर प्रदर्शन गर्ने जमर्को गरेको छ।

नायक शिब श्रेष्ठको यो कदममा साथ दिंदै लायन्स क्लब अफ धरान ,पन्चकन्या र लायन्स क्लब अफ, धरान जुम्बाले धरानको गोर्खा सिनेप्लेक्समा एउटा स्पेशल शो राखेको छ।

साँझ ५स३० बजे को स्पेशल शोमा स्वयम् नायक शिब श्रेष्ठको समेत बिशेष उपस्थिति रहने स्थानीय आयोजक लायन्स क्लब अफ धरान पन्चकन्याले जनाएको छ। शिव श्रेष्ठ , प्रियंका कार्की ,वर्षा राउत , आयुष्मन देशराज ,मिथिला शर्मा , राजाराम पौडेल , बसुन्धरा भुषाल ,बिष्णु चेम्जोङ्ग , रेखा फागो , सन्जोग कोइराला , प्रभु श्रेष्ठ संगै नायक शिव श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले पहिलोपल्ट सिनेमाको पर्दामा यसै फिल्म मार्फत डेब्यु गर्दैछन।
त्यस्तै चलचित्रकर्मी महासंघ प्रदेश न। १ का अध्यक्ष अरुण कुमार प्रधानले समेत नायक शिव श्रेष्ठसंगै शुक्रबार इटहरी र धरानका दर्शकहरु बीच फिल्म हेर्ने व्यवस्था मिलाउने बताएका छन्। एउटा यस्तो प्रेम कहानीको ट्रेलर समेत भर्खरै सार्वजनिक गरिएको छ।
विषम परिस्थितिमा हलमा फिल्म चलाउने घोषणा गरेपछि हलहरुले ७० प्रतिशत सेयर दिने घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!