सोमबार, माघ १३, २०७६ || 1472  पटक पढिएको

हिपमत डटकम
ओखलढुङगा, माघ १३ गते : ओखलढुङगाको चम्पादेवी गाउँपालिका-५ मा आज बिहान भएको बोलेरो दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान साँढे ६ बजेको समयमा स्थानीय ५५ बर्षीय सन्तोष बि.क. बिरामी भई उपचारको लागि बा २१ च ७३६१ नम्बरको बोलेरोमा लिएर ओखलढुङगा जाने क्रममा बाटोमा आफै अनियन्त्रीत भई बाटोबाट करिव ४०० मिटर तल गोपे खोलामा खसेर दुर्घटना हुँदा बोलेरोमा सवार ५५ बर्षीय बि.क.को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई घाईतेहरुको उद्धार गरी उपचारको लागि फिस्टेल एयरको हेलिकोप्टर द्धारा काठमाण्डौ पठाएको छ भने मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!