सोमबार, माघ १३, २०७६ || 1271  पटक पढिएको

हिपमत डटकम
धनगढी,१३ माघ: कैलालीको गोदावरी नगरपालिकाबाट एक वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नगरपास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । पक्राउ परेका अन्य व्यक्ति र उनीहरूको साथबाट बरामद गरिएका रकम तथा सामानबारे भने प्रहरीले खुलाएको छैन । कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जुवा खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीलले नियन्त्रणमा लिएको जानकारी दिए । समातिएकाबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!