हिपमत डटकम

सोमबार, पौष २७, २०७७ || 1521  पटक पढिएको
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री मोदी

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री मोदी आफूभन्दा जेठो भए पनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेको बताएका छन् ।

भारतीय न्यूज च्यानल ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले देशको भूगोल सानो–ठुलो हुन सक्छ तर सार्वभौमिकता ठुलो–सानो नहुने बताए ।

उनले दुई देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुने बताए ।
उनले भने, ‘बहस हुनु नराम्रो होइन, बहस स्वच्छ हुनुपर्छ, सत्य पत्ता लगाउनका लागि हुनुपर्छ । बहसले नै सत्यलाई बाहिर ल्याउँछ । बहस नगर्ने हो भने सत्यलाई पत्ता लगाउन सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!