खबर ठुलो छ

मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ की सहारा विहिन फरक क्षमताकी (एउटा आँखा नभएको) सीमादेवी हरिजनलाई हिपमत मिडिया हाउस प्रा. लि. को पहलमा ५० हजार सयोग हस्तान्तरण गरिएको छ ।
सोमवार हिपमत मिडिया हाउसका अध्यक्ष विरेन्द्रकुमार साह, प्रधान सम्पादक प्रकाश प्रेमी, हिपमतकर्मी मनीषदास र रतुवामाई नगरपालिकाका मेयर रविन राइले उनकै निवास स्थान वडा नं. ३ महदेवामा सो रकम हस्तान्तरण गरेका हुन् । ३ छोरिकी आमा सीमादेवी केहि महिना अगाडी श्रीमान् गुमाएर सहारा विहिन भएकी हुन् । करिब १ महिना अगाडी उनका श्रीमान् काउली खेतमा मृत अवस्थामा फेला परेका थिए ।

सीमादेवी आसरा विहिन भएको विषयमा हिपमत मिडियाले केहि दिन अगाडी मात्र समाचार सम्प्रेशन गरेको थियो । समाचार प्रभावका कारण वैदेशिक रोजगारमा मलेसियामा रहेका नेपालीहरुले सीमादेवीको घर निर्माणका लागि हिपमत मिडियाकै मार्फत रु.५० हजार सहयोग गरेका हुन् ।

सुनवर्षी नगरपालिका वार्ड नं. ६ (हाल मलेसीया) का चरन सिंह गनगाई र रतुवामाई नगरपालिका वार्ड नं.३ (हाल मलेसिया) का अतरलाल लाल दासले सो आर्थिक सहयोग पठाएका हुन् । ५० हजार मात्रले घर निर्माण नहुने भएकोले केही दिनमा थप रु.५० हजार रकम सहयोग हस्तान्तरण गर्ने हाम्रो तयारी रहेको छ ।

सीमादेवीको आफ्नो जग्गा समेत नभएकोले हिपमत मिडिया हाउसको सहयोग हस्तान्तरण कार्यक्रममै सीमादेवीलाई घर निर्माण गर्न दुई जना स्थानीयले निःशुल्क जग्गा दिने घोषणा गरेका छन् । उनलाई तात्काल आसरा दिएका बरफलाल हरिजन र उनका छिमेकि सुवतलाल दासले घर निर्माणका लागि आफुहरु निःशुल्क जग्गा दिने घोषणा गरेका छन् ।

रकम हस्तान्तरण गर्दै मेयर राईले वार्ड नं. ३ का वाडा अध्यक्ष बुलन्द सिंहको रोहवारमा जग्गा यकिन भई सकेपछि घर निर्माण गर्ने र आवश्यक रकम अपुग हुँदा बाँकीको रकम नगरपालिका बाटा सहयोग गर्ने वाचा गर्नु भयो साथै वैदेशिक रोजगरामा रहेर पनि आफ्नो देश र समाजको बारेमा सोच्ने चरन सिंह गनगाई र अतरलाल लाल दासलाई धन्यवाद दिए । मेयरले खबर संगै निरन्तर समाजिक कार्य गर्दै आइरहेको हिपमत मिडियालाई समेत धन्यवाद दिए । उनले हिपमत मिडिया खबरमा मात्र सिमित नरहेर समाजिक कार्यमा समेत सकृय रहेर मिडियाहरुको भीडमा आफुलाई फरक रुपमा प्रस्तुत गरिरहेकोमा खुशी व्यक्त गरे ।

सोमबार, पौष २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया