पूर्वको इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व–प्राज्ञसभा सदस्य भएर लामो समयदेखि काम गर्दै आएका राम धामीको आईतबार असामयिक निधन भयो । धामीको आज (सोमबार) निजनिवासबाट सव यात्रा सुरु गरिदै संगीत साधना प्रतिष्ठानको प्राङ्गणमा श्रद्धान्जलीको लागि राखिएको थियो । केहि समय त्यहा श्रद्धान्जली कार्यक्रम पश्चात ईटहरि चोक परिक्रमा गर्दै गङ्गा जमुना मुक्तिघाटमा अन्तिम सस्कारको लागि लगिएको थियो । उनको सव यात्रामा कलाकार साथै संगीतकर्ममा लागेका हस्ती तथा सयौ ईटहरिवासीको उपस्थिति रहेको थियो ।

केही समयअघि विश्वव्यापी कोरोना भाइरसको संक्रमण भेटिएपछि २ हप्ताअघि धरानको कोभिड अस्पतालमा भर्ना भएका उनी बुधबार पीसी आर रिपोर्ट जाँच गर्दा नेगेटिभ आएपछि कोरोनाबाट मुक्त भएका थिए । तर कोरोनाबाट मुक्त भए पनि धामीलाई निमोनियाको समस्या बाँकी रहेकाले बिपी प्रतिष्ठानको भेन्टिलेटरमा राखिएको थियो तर बिपी प्रतिष्ठान धरानमा निमोनियाको उपचार गराइरहेका धामी ५५ वर्षको उमेरमै आइतबार साँझ पाँच बजेबाट सबका सामु सम्झन मात्र लायक भए ।

उनी अस्पतालबाट सकुशल घर फर्किने सबै शुभेच्छुकहरूको आशा भए पनि त्यहाँ कसैले नसोचेको घटना भयो । उनी कहिले नभेटिने गरी आफ्नी पत्नी, दुई छोरी, तिनका परिवारसहित इष्टमित्रसँग अस्पतालबाटै बिदा भए ।

कोरोना कोरोना कोरोना कोरोनाको साङ्ली तोडौँ न,’ भन्दै आफ्नै शब्द, सङ्गीतमा गाएर युटुबमा राख्ने चर्चित सङ्गीतकर्मी तथा गायक धामीको असामयिक निधनले उनको परिवार, आफन्तजन तथा धेरै शुभचिन्तकहरुमा चिन्तित तुल्याएको छ । २०४८ सालमा रेडियो नेपालबाट स्वर–परीक्षा उत्तीर्ण गरेका धामी जातीय लोपोन्मुख झुम्रा नाचबारे विशेष खोज-अनुसन्धानमा समेत उनको ठूलो योगदान रहेको छ । ५० भन्दा बढी गीत लय तथा सङ्गीत सिर्जना गरेका धामीले आफ्नै स्वरमा धेरै गीत गाएका छन् । उनका एक बोतल दारु, चढ्ले जवानी हमरा, चैत गेले वैशाख गेले, मैले माया तिमीसितै लाएँ, ए धामी दाइ त्यो केटीलाई, मेरो लासलाई हजार–हजार आँखाहरूले छोपिदिनुलगायतका धेरै गीतहरू चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!