भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले ड्रग्स केसमा बलिउड अभिनेत्री दिया मिर्जाका पूर्व म्यानेजर राहित फर्निचरवालासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहिलाकी बहिनी शाइस्ता र अन्य दुई भारतीय नागरिक पनि छन् ।

उनीहरु सबैको साथबाट एनसिबीले गाँजा बरामद गरेको छ । यसरी जफत गरिएको गाँजाको परिमाण झन्डै २ सय किलो रहेको एनसिबीले जनाएकोछ । सुशान्त सिंह राजपूतको आत्महत्यापछि एनसिबीले ड्रग्स केसमा दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रित सिंह र अन्य सेलिब्रेटीसँग पनि अनुसन्धान गरेको छ । अर्जुन रामपाल, करण जौहर, कमेडियन भारती र उनका पति हर्ष लिम्बाचियाको नाम पनि छानिवनका क्रममा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!