सोमबार, माघ १३, २०७६ || 762  पटक पढिएको

हिपमत डटकम ,१३ काठमाण्डौ हुबेई प्रान्तस्थित वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा चीनका विभिन्न ठाउँमा रहेका नेपाली आत्तिन थालेका छन् । सार्वजनिक यातायात, विश्वविद्यालय, भोजनालय, पर्यटकीय स्थलहरू बन्द गरिँदा र सतर्कता व्यापक बनाइँदा उकुसमुकुस हुन थालेको उनीहरूले बताएका छन् ।कोरोना भाइरसका कारण मृतकको संख्या निरन्तर बढिरहेकाले स्थिति झनै जटिल बन्ने हो कि भन्ने चिन्ता यहाँ रहेका नेपालीमा देखिएको छ । मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले चिन्ता लिनुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।वुहानको ह्वाचोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय ९हस्ट० अन्तर्गत थुङ्ची मेडिकल कलेजका सर्जन गौरव पोखरेलले चीनले जिम्मेवारपूर्वक ढंगले सतर्कता अपनाइरहेको बताए । ‘नेपालस्थित घरपरिवार र यहाँको कलेजसँग निरन्तर सम्पर्कमै छौं,’ उनले भने, ‘सरकारले स्वास्थ्यसम्बन्धी विवरण दिइरहेको छ, मास्क बाँडिएकै छ । चिन्तित हुनुपर्ने कुनै कारण छैन ।’ उनले विश्वविद्यालयको हाताभित्रै खानपिनका सामग्री पाइने सुपरमार्केट रहेकाले छात्रावासबाट बाहिर निस्किराख्नुपर्ने अवस्था नरहेको पनि बताए ।पोखरेलका अनुसार मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले आतंकित बनेका विद्यार्थी र श्रमिक नेपालीलाई सम्झाइरहेका छन् । कोरोना भाइरस संक्रमणको त्रासका कारण विभिन्न देशले आफ्ना नागरिक चीनबाट फिर्ता लैजान पहल गरिरहेका कारण नेपाल सरकारले पनि आफूहरूलाई फिर्ता लगिदिए हुन्थ्यो भन्ने नेपाली विद्यार्थीलाई लागेको पोखरेलको भनाइ छ । ‘अरू देशका नागरिक फर्किन लागेको सुनेर नेपालीलाई पनि फर्कूंफर्कूं लागेको हुन सक्छ,’ उनले भने, ‘चीनले यहाँबाटफर्किने विदेशीहरूलाई पनि जाँच गरेर मात्रै पठाउँछ ।’

चोङनान युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड ल मा अध्ययनरत लोकन्थलीका आयुर फुयालले हल्लाले डर फैलाइरहेको बताए । ‘धेरै विद्यार्थी छिट्टै नेपाल फर्किन पाए हुन्थ्यो भन्ने मनस्थितिमा छन् । यो सबै फेक ९गलत० समाचारका कारण भएको हो,’ उनले भने, ‘नेपाल फर्किनु मात्रै समस्याको समाधान होइन । यहाँ विश्वविद्यालयले मास्क, ह्यान्डवास, डिटोल, स्प्रे दिएर राम्रै हेरचाह गरिरहेको छ ।’थोङची मेडिकल कलेजमा श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन पढिरहेका अनिश भुसालले पनि मेडिकल विषय नबुझेका मानिसहरू आत्तिएको बताए । ‘यो भाइरसबारे निश्चित तथ्य नआउन्जेल आत्तिएर मात्रै केही हुँदैन । बरु चिकित्सकले सुझाएका उपाय निरन्तर पालना गर्दै संयमित हुनु जरुरी छ,’ उनले भने । साभार ईकान्तीपुर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!