फराह खानले हिजो अर्थात् जनवरी ९ तारिखमा आफ्नो ५६ औं जन्मदिन मनाइन् । उनको जन्मदिनको अवसरमा उनीसँग जोडिएको एउटा रोचक किस्साबारे जानकारी लिऔं ।

फराहले एकपटक फिल्म निर्माता तथा निर्देशक करण जोहरलाई विवाहका लागि प्रस्ताव गरेकी थिइन् तर करणले ‘प्राविधिक समस्या’ बताउँदै उनको प्रस्ताव अस्विकार गरिदिए ।

फराह खान र करण जोहरको दोस्ती लामो समयदेखिको हो । दुबैको २५ वर्षभन्दा बढी समयदेखिको चिनजान छ । एक समय यस्तो पनि थियो जब फराह खान करण जोहरसँग विवाह गर्न चाहन्थिन् ।

साजिद खान र रितश देशमुख कार्यक्रम ‘यादों की बारात’ होस्ट गर्दथ । उक्त शोमा नै करणले फराहले उनलाई मन पराउने गरेको र उनलाई पट्याउनका लागि निकै कोसिस पनि गरेको बताएका थिए । यसमा फराह खानले पनि सहमति जताइन् ।
फिल्म कुछकुछ होता हैको सुटिङ स्कटल्याण्डमा भइरहेको थियो । त्यतिबेला करण जोहरको कोठामा फराह खान राती गएकी थिइन् । करण जोहरले यसबारे कुरा गर्दै भनेका थिए, ‘मध्य रातमा एक युवती जब कुनै केटाको कोठामा आउँछिन्, यो बहाना गरेर कि मेरो कोठामा भूत छ । के म भूतसँग राइम्स गर्ने व्यक्ति हुँ ?’

यसबारे फराह खानले भनिन्, ‘म करण जोहरसँग विवाह गर्न चाहन्थेँ तर उनले आफूमा प्राविधिक समस्या भएको बताउँदै मेरो प्रस्ताव अस्विकार गरिदिए । ’

फराह खान फिल्म निर्देशक हुन् र उनले थुप्रै फिल्मको निर्देशन गरिसकेकी छिन् ।

फराह हाल शिरिष कुन्दरसँग विवाहित छिन् र उनीहरुका तीन सन्तान छन् । उनीहरुको नाम दीया, अनाया र साइजर हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!