आइतबार, माघ १२, २०७६ || 1704  पटक पढिएको

हिपमत डटकम
झापा,१२ माघ : झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले चलाएको गाडी दुर्घटनामा परेको छ। दमक नजिकै रतुवा खोला पुलमा आइतबार दिउँसो गाडी दुर्घटनामा परेको हो। मे १ झ १५२ नम्बरको नगरपालिकाको उक्त गाडी मेयर शेर्मा आफैंले चलाएका थिए। विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। स्रोतका अनुसार मेयर शेर्माले लाइसेन्स बिनै सवारी चलाएका थिए। झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले मेयरको लाइसेन्स भए नभएको अनुसन्धान हुने जानकारी दिए। ‘मेयर सापले आफै चलाएको गाडी दुर्घटना भएको खबर पाएका छौ, मेयर साप सकुशल हुनुहुन्छ’, झापा जिल्ला प्रहरी कार्यलयका प्रवक्तासमेत रहेका श्रेष्ठले भने,‘उहाँको लाइसेन्स भए नभएको अनुसन्धान भइरहेको छ। दोषि देखिए कानुन अनुसार कारबाही हुन्छ।’ मेयर शेर्मा नेकपाबाट निर्वाचित मेयर हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!