विराटनगर,२५ पुस : कांग्रेस क्षेत्र न. ६ (ख) ले प्रधानमन्त्रीको असंबैधानिक कदमको विरोध गरेको छ । क्षेत्रीय सभापती जितेन्द्र गोल्छाको सभापतीत्वमा सम्पन्न विरोध सभाको शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर विरोध कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथी मोरङ काग्रेसका सचिव नागेश कोईरालाले प्रधानमन्त्रीको असंबैधानिक कदमको विरोध गर्नुभयो । प्रधानमन्त्रीलाई संविधान मिच्ने अधिकार नभएको बताउदै संसद विगठनको विरोध गर्नुभयो । ओली नेतृत्वको सरकारले बहुमत पाउदा समेत केहि गर्न नसकेको बताउदै सरकारका गलत कदमले मुलुक दुर्घटनाको शिकार भएको आरोप लगाउनु भयो । नेता कोईरालाले संसद विघठन हुनुमा प्रचण्डको समेत दोस रहेको आरोप लगाउनुभयो । आपसी भागवण्डा नमिलेकाकारण मुलुलाई संघटमा हालेको आरोप लगाउनु भयो । कार्यक्रममा नेका प्रदेश संसदिय दलका प्रमुख सचेतक केदार कार्की , काग्रेस नेता भिम पराजुली , नेका नेता निरञ्जन रिजाल , शुशिल कोईराला, महिला संघ मोरङ सचिव प्रमिला थापा, नेका विराटनगर ७ का संयोजक बिकास पराजुली ,महिला नेतृ बिजेता अधिकारी , महाधिवेशन प्रतिनिधि राम बाबु पासवान लगायतको सहभागिता थियो ।