हिपमत डटकम

शनिबार, पौष २५, २०७७ || 707  पटक पढिएको

बलिउड अभिनेता अक्षय कुमारले लगालग फिल्ममात्रै खेलिरहेका छैनन् । आफ्नो फिल्मको जोखिम रकम रहन्छ र फाइदा कमाउने अवसर धेरै छ भन्ने दृष्टान्त पनि पेश गरिरहेका छन् । यसैबीच उनले आफ्नो पारिश्रमिक पनि निकै बढाएका छन् ।

मिशन मंगलको शान्दार सफलतापछि अक्षयले यस फिल्मका निर्देशक जगन शक्तिसँग मिलेर साईन्स–फिक्सन थ्रिलर मुभी गर्ने योजना बनाइरहेका छन् । जसको नाम ‘मिशन लायन’ छ ।

जगनको शल्यक्रियाका कारण फिल्म निर्माणमा केही ढिलाई अवश्य भयो, तर अब सबै अड्चन हटेको छ । यस फिल्ममा अक्षयकुमारले १ सय ३५ करोड रुपैयाँ लिनेछन् । प्रदर्शनका विभिन्न राइट्समार्फत अक्षयको यति ठूलो पारिश्रमिक उठाउन सकिने फिल्म निर्माताहरुको बुझाइ छ ।

यद्यपी, निर्देशक जगनले भने यस फिल्मबाट ४ करोड रुपैयाँमात्रै लिनेछन् । अहिले यो फिल्म प्रि–प्रडक्सनको चरणमा छ र निर्माण स्रोतका अनुसार केही दिनपछि मात्रै यसबारे औपाचारिक घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!