हिपमत डटकम

शनिबार, पौष २५, २०७७ || 1112  पटक पढिएको

बबी देओलको कमब्याक शान्दार बनिरहेको छ । रेस ३, हाउसफुल ४ जस्ता फिल्मबाहेक आश्रम नामक उनको वेवसरिज पनि सुपरहिट रह्यो । २०२० मा सबैभन्दा धेरै हेरिएको सिरिज आश्रम नै हो ।

यसरी एकपटक फेरि बबीको करियर उस्किएको छ र फिल्म निर्मातामाझ उनको माग बढेको छ । यस कुराबाट बाबु धर्मेन्द्र र दाजु सनी देओल निकै खुसी छन् किनकी काम नपाउँदा बबी विगतमा डिप्रेसनमा पुगेका थिए र रक्सी पिएर दिन बिताउथें ।

एकदिन बबी आफैलाई आफ्नो पारा देखेर लाज लाग्यो र उनले फेरि करियरलाई अघि बढाउने फैसला लिए, यसको नतिजा अहिले देखिएको छ ।
बबीको बढ्दो डिमान्डकै कारण उनको सुपरहिट फिल्म ‘सोल्जर’ को सिक्वेल बनाउने योजना बनाइदैंछ । यो फिल्म १९९८ मा रिलिज भएको थियो र त्यस वर्ष बक्स अफिसमा सर्वाधिक कलेक्सन गर्ने फिलमको सुचीमा तेस्रो नम्बरमा थियो ।
सोल्जरमा बबीबाहेक प्रिति जिन्टा, राखी, फरिदा जलाल, जोनी लिवर, सुरेश ओबराय, आशिष विद्यार्थीलगायत कलाकारले भूमिका निभाएका थिए । यस फिल्मको निर्देशन अब्बास मस्तानले गरेका थिए भने अनु मलिकले संगीत दिएका थिए । फिल्मका धेरै गीतहरु हिट भएका थिए । स्रोतका अनुसार बबी र प्रितीबाहेक अन्य नयाँ कलाकारलाई पनि लिएर ‘सोल्जर’ को सिक्वेल बनाउनेबारे अहिले छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!