लेटाङ नगरपालिका वडा नम्बर ७ वाराङ्गीका ३ बालबालिकाहरुलाई आज स्थानीयहरुको सहयोगमा उद्धार गरिएको छ।

बिहिवार बिहान आफ्नो बुवा लाई भेट्न भनी बेलबारी हिडेका ३ जना बालबालिकाहरु रात परेपछी बेलबारी नपुगि पछि लेटाङ २ पैतिसबिगेमा परालको माचमा राती सुतेका थिए । शुक्रबार बिहान पुन हिड्ने क्रममा जोगि भेषका अपरिचित ब्यक्तीको संसर्गमा उनिहरु पुगेका थिए।

अपरिचित ब्याक्तिको नियन्त्रणमा परेका बालबालिकाहरु लेटाङ ७ खोलाघारी घर भएका बर्ष १२ कि सुमित्रा राई बर्ष ११ का छबिलाल लिम्बू र बर्ष १० का कुसल लिम्बू रहेका छन्।

लेटाङ २ का स्थानीय भोला पौडेलले बेलबारी जाने क्रममा सङ्कास्पद ब्यक्तिसंग बालबालिकालाई देखेपछि बुधबारे प्रहरी चौकीमा खबर गरेका थिए । स्थानीय र प्रहरीको सहायतामा अभियुक्तलाई नियन्त्रणमा लिएर बालबालिका हरुको सकुशल उद्दार गरिएको हो ।
हाल बालबालिका सहित उक्त मानिस ईलाका प्रहरी कार्यलय लेटाङको नियन्त्रणमा रहेका छन भने थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!