हिपमत डटकम

शुक्रबार, पौष २४, २०७७ || 718  पटक पढिएको

काठमाडौं । राष्ट्रिय ध्वजावाहक इन्डोनेशियाको गरुडा फ्लाइटको नेपालका लागि जनरल सेल्स एजेन्ट (जीएसए) को जिम्मेवारी सोसाइटी इन्टरनेशनल ट्राभलले पाएको छ । इन्डोनेशियाको राजधानी जाकर्तामा रहेको सोइकार्नो–हाथा अन्तराष्ट्रि विमानस्थल मुख्य कार्यालय रहेको फ्लाइटले हालैमात्र सोसाइटीलाई जीएसएको जिम्मेवारी दिएको हो ।

कम्पनीका अनुसार गत जनवरी १, २०२१ देखि जीएसएको जिम्मेवारी पाएको हो ।
योसँगै अब सोसाइटीले गरुडा इन्डोनेशियाको नेपाली बजारमा ब्राण्ड तथा टिकटको मार्केटिङ्ग गर्नेछ । गरुडाका लागि नेपाली बजारमा मार्केटिङ्ग गर्ने यो एक मात्र कम्पनी हो ।
यो उपलब्धीले नेपाल–इन्डोनेशिया बीचको अन्तरदेशिय पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने सोसाइटी इन्टरनेशनल सोसाइटीका अध्यक्ष रवि चन्द्र सिंहले बताए ।

एयर गरुडा इन्डोनेशिया दक्षिण यशियाली मुलुकहरुमा सञ्चालित फ्लाइटहरु मध्यको एक लोकप्रिय फ्लाइट हो । जुन फ्लाइटले सन् २०१८ देखि २०२० का लागि ‘ट्रिपएड्भासर २०२० ट्राभलस्’ अवार्ड जित्न सफल भएको थियो ।
हाल एयर गरुडाले विश्वभरीका ६० बढी मुलुकहरुमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!