हिपमत डटकम

शुक्रबार, पौष २४, २०७७ || 575  पटक पढिएको

हेवेई प्रान्तमा १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि चीनले यस प्रान्तको मुख्य शहर सीजियाझुवाङमा लकडाउन गरेको   छ । यस शहरमा १ करोड १० लाख जनसंख्या छ । जनतालाई शहर छाड्न प्रतिबन्ध लगाइएको छ भने स्कुलहरु पनि बन्द भएका छन् ।

हरेक नागरिकले परीक्षण गर्न सकुन् भनेर ५ हजारभन्दा धेरै परीक्षण केन्द्रहरु पनि निर्माण गरिएको छ । चीनमा पछिल्लो ५ महिनायता एकैपटक यति ठूलो संख्यामा मानिसहरु संक्रमित भएको यो पहिलो अवसर हो । कडा कदममार्फत महामारीलाई नियन्त्रणमा राख्न चीन सफल हुँदै आएको छ ।

सानै रुपमा भएपनि संक्रमण फैलिएको पुष्टि हुनासाथ चीनले ठूलो जनसंख्यालाई परीक्षण गर्ने गरेको छ । बिहीबार चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा लकडाउन भएपछि स्थानीय निराश बनेका छन् । चिनियाँ नयाँ वर्ष आउन एक सातामात्रै बाँकी छ र यस अवधिमा किनमेलका लागि शहरमा भिड बढ्नसक्ने खतरालाई पनि ध्यानमा राखेर अधिकारीहरुले लकडाउन गरेका हुन् ।

२०१९ मा चीनको उहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरस संसारभर फैलिएको थियो । यद्यपी, चीनले चाडैं नै यस भाइरसलाई नियन्त्रण राखेकाले अन्य देशको तुलनामा कम क्षति भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!