हिपमत डटकम

शुक्रबार, पौष २४, २०७७ || 1078  पटक पढिएको

धनगढीको विमानस्थलमा सेना परिचालन गरिएको छ । त्यहाँको सुरक्षा कडा पारिएको छ भने आवत जावत गर्ने यात्रुहरुको चेक जाँचमा पनि कडाई गरिएको छ । प्रधानमन्त्री केपी ओलीले धनगढीमा आयोजित पार्टी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बिभाजन पछि पहिलोपटक बालुवाटारबाट निस्किएका छन् । उनको यो पहिलो भ्रमण भने सुदुरपश्चिम लक्षित छ । धनगढीमा तय भएको कार्यक्रममा प्रधानमन्त्री पुग्ने भएपछि त्यहाँ सुरक्षा चासो बढ्नु स्वभाविकै हो ।

नेपाल प्रहरीले प्रधानमन्त्रीको सुरक्षाका लागि कुकुर समेतको प्रयोग हुने भएको छ । प्रधानमन्त्रीको सुरक्षार्थ नेपाल प्रहरीले तालिम प्राप्त कुकुर ल्याएको हो । संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका दुई कुकुर सुरक्षा कार्यमा प्रयोग भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ ।

नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न त्यहाँ जाने कार्यक्रम बनेको हो ।

ओली बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भएपनि प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!