हिपमत डटकम

शुक्रबार, पौष २४, २०७७ || 475  पटक पढिएको

न्युुर्योकको म्यानहट्टनस्थित एक अस्पतालभित्र गोली चलाएपछि केही घण्टासम्म बाथरुममा लुकेर बसेका एक बन्दुकधारीलाई प्रहरीले    पक्राउ गरेको छ, न्युुर्योक पोस्टमा समाचार छ ।
६५ वर्षका यी व्यक्तिले बिहीबार राति झन्डै ८ बजेर ४५ मिनेट जाँदा ईस्ट ६७ स्ट्रिटस्थित मोमोरियल स्लोआन केटरिङ अस्पतालको अर्जेट केयरमा गोली चलाएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार उनले ५ वा ६ पटक फायर गरेका थिए ।

घटनापछि मध्यरातअघि नै उनलाई हिरासतमा लिइएको र छानविन चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस घटनामा कोही घाइते भएको विवरण भने प्राप्त भएको छैन ।

संसद् भवनमै चलेको थियो गोली
वासिङटन डिसीस्थित केपिटोल हिलमा रहेको संसद् भवनमै बुधबार गोली चलेको थियो । भवन घेर्न गएका राष्ट्रपति ट्रम्पका समर्थकहरुले संसद् चलिरहेका बेला हलभित्र छिरेर हुलदंगा मच्चाएका थिए । जसकारण, निर्वाचन मत परिणाम प्रमाणिकरण गर्ने कार्य केही घण्टा रोकिएको थियो ।

हिंसात्मक प्रदर्शनका क्रममा चारजना मृत्यु भयो । प्रदर्शन साम्य भएपछि फेरि बसेको संसद् बैठकल गत नोभेम्बरको निर्वाचन परिणाम सदर गर्दै जो बाइडेनलाई आगामी कार्यकालका लागि राष्ट्रपति चयन गरेको छ । नवनिर्वाचित राष्ट्रपति बाइडेनले २० जनवरीमा पदको सपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!