हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 1063  पटक पढिएको

काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई चिनियाँसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलगंगास्थित होटल आनन्दबाट पुस १९ मा चिनियाँ नागरिक लिउ विपिङ्ग र लि जियाओनिङ्गलाई सिन्धुपाल्चोकका दुई जनाले अन्य दुई चिनियाँसँग मिलेर अपहरण गरेका थिए ।

अपहरणमा संलग्न सिन्धुपाल्चोकका दावा पासाङ लामा, भक्ते लामा उर्फ साईला, चिनियाँ नागरिक ऊ चाओ र झाङ्ग उईलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

अपहरणकारीले चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोकको मार्मिङमा लगेर कुटपिट गरेको पीडितले प्रहरीलाई बताएका छन् । दावा लामा समूहको कुटपिटबाट घाइते चिनियाँको ग्वार्कोस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ । आरोपीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्धा चलाएको छ । आर्थिक लेनदेनको कारण अपहरण र कुटपिट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!