हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 716  पटक पढिएको

वासिङटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द भएको छ । हिंसासम्बन्धी स्टाटसका कारण उनको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको हो।

फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकका दुई नीति विपरित गएकाले अकाउन्ट बन्द गर्नुपरेको जनाएको छ। नीति विपरीत गएकाले २४ घण्टासम्म
पोस्ट गर्न नपाउने फेसबुकले जनाएको छ।

ट्वीटरले पनि ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ। चुनाव सम्बन्धी ट्वीटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्वीटरले जनाएको छ। ट्वीटरले भनेको छ, ‘वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्वीट हटाउनुपर्नेछ। यो ट्वीट हाम्रो नीति विपरीत रहेका छन्।’

ट्वीटरले आफ्ना नीति विपरितका ट्वीट नहटाए राष्ट्रपति ट्रम्पले ट्वीट गर्न नपाउने बताएको छ। ट्वीटरले नागरिक अखण्डता वा हिंस्रक धम्की नीतिहरूसहित ट्वीटर नियमहरूको उल्लङ्घन गर्दै लगातार ट्वीट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ।

राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ। गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!