आइतबार, माघ १२, २०७६ || 855  पटक पढिएको

हिपमत डटकम
भारत,१२ माघ:सुपरस्टार रजनीकान्तले द्रविड विचारक ईवी रामस्वामी पेरियारबारे दिएको एक बयानले तमिलनाडुको राजनीतिमा ‘भुइँचालो’ गएको छ । तमिलनाडुमा आगामी वर्ष विधानसभा चुनाव हुँदैछ । र, सन् २०१७ मा रजनीकान्तले घोषणा गरेका थिए कि सन् २०२१ मा चुनाव लड्नका लागि आफ्नो राजनीतिक पार्टी लञ्च गर्नेछन् ।

रजनीकान्तले उक्त बयान गत जनवरी १४ मा दिएका थिए । त्यतिबेला उनी एक तमिल पत्रिका ‘तुगलक’ को ५० औँ वर्षगाँठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थिए ।उक्त कार्यक्रममा उपराष्ट्रपति वेंकैया नायडू, आरएसएस विचारक एस गुरुमुर्ति र तुगलक पत्रिकाका सम्पादक चो रामस्वामी उपस्थित थिए ।

आफ्नो भाषणमा रजनीकान्तले भनेका थिए, ‘तमिलनाडूको सेलममा एक ¥यालीको दौरान पेरियारले श्री रामचन्द्र र सीताको निर्वस्त्र मुर्तिहरुमा जुत्ताको माला लगाएर जुलुस गरेका थिए । कसैले पनि यो खबर छापेन तर चो रामस्वामी (तुगलक पत्रिकाका संस्थापक तथा पूर्व सम्पादक) ले यसको कडा आलोचना गर्दै फ्रन्ट पेजमा समाचार प्रकाशित गरेका थिए ।’

चो रामस्वामी
‘यसले डीएमकको बदनामी भएको थियो । त्यसैले उनीहरुले पत्रिकाको कयौँ कपी जफत गरेका थिए । तर, तुगलकले उक्त संस्करणलाई पुनः प्रकाशन गरेको थियो । उक्त पत्रिका ब्ल्याकमा पनि बिकेको थियो । पत्रिकाको नयाँ संस्करणमा चो रामस्वामीले लेखेका थिए – यसरी करुणानिधीले तुगलकलाई लोकप्रिय बनाइदिए । योसँगै चो देशभर प्रसिद्ध भए ।’

रजनीकान्तको यो भाषण भाइरल भएपछि उनको विरोध शुरु भएको छ । द्रविड कडगम र अन्य पेरियारवादी संगठनले यस बयानको विरोध गर्दै रजनीकान्तविरुद्ध प्रदर्शन गरेका छन् ।

एक संगठन तंताई द्रविड कडगमले रजनीकान्तमाथि धार्मिक भावना भड्काएको आरोप लगाउँदै यसविरुद्ध उजुरी समेत दर्ता गरेको छ । कयौँ राजनेताले उनलाई माफी माग्न माग गरेका छन् ।

उक्त ¥यालीमा सामिल भएका द्रविड कडगमका महासचिव काली पूङ्गुद्रनले भने, ‘राजनीकान्तले उक्त घटनाको तथ्यलाई तोडमोड गर्ने प्रयास गरिरहेका छन् । २४ जनवरी, १९७१ को त्यो ¥याली अन्धविश्वासविरुद्ध भएको थियो । त्यो बेला चर्चित भारतीय आविष्कारक जीडी नायडूले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।’

‘¥यालीका दौरान पेरियार एक ट्रकमा सवार थिए । यस दौरान जनसंघका सदस्यले कालो झण्डा देखाए । जब पेरियारको गाडी त्यहाँ पुग्यो, जनसंघ एक सदस्यले उनीमाथि चप्पल प्रहार गरे । चप्पल उनलाई नलागेर पछाडिको गाडीका लाग्यो । यसबाट द्रविड कडगमका सदस्य आक्रोशित बने र एक ट्रकमा लागिएको भगवान रामको एक तस्विरमाथि प्रहार गर्न थाले ।’

उक्त समय डीएमके सरकारले दक्षिणपन्थी संस्थाहरुलाई पेरियार र उनको र्यालीविरुद्ध विरोध प्रदर्शन गर्ने अनुमति दिएको थियो ।

ई. वी. रामस्वामी पेरियार
उता, रजनीकान्तले भने आफ्नो बयानबाट पछि हट्न र माफी माग्न अस्वीकार गरेका छन् । मङ्गलबार द्रविड कडगमले चेन्नाईस्थित रजनीकान्तको घरको अगाडि विरोध प्रदर्शन गर्ने योजना बनाएका थिए । तर, विरोध सुरु हुनुभन्दा अघि नै रजनीकान्तले पत्रकार सम्मेलनको आयोजना गरेर पेरियारमाथि आफ्नो टिप्पणीका लागि माफी माग्न अस्वीकार गरे ।

‘कयौँले उक्त घटना भएकै छैन भनेर भन्छन् । मसँग आउटलुक छ, जुन हिन्दू ग्रुपको पत्रिका हो । सन् २०१७ मा आउटलुकको एक लेखमा यस घटनाबारे उल्लेख गरिएको छ । त्यसमा राम र सीताको मुर्तिलाई चप्पलले पिटिएको र माला लगाइएको बताइएको छ । मैले नभएको कुरा भनेको होइन । यो कुनै कल्पना होइन । मैले यसअघि मिडियामा छापेको कुरा बोलेको हुँ । त्यसैले म विनम्रतापूर्वक भन्न चाहन्छु कि म आफ्नो टिप्पणीका लागि माफी माग्दिनँ ।’

सन् २०१७ मा आउटलुकले एक लेख प्रकाशित गरेको थियो जसको शीर्षक थियो – तमिल ग्याङ राज । यो लेख कार्टुनको माध्यमबाट तमिलनाडु सरकारको आलोचना गर्ने कार्टुनिस्टको गिरफ्तारी पछि लेखिएको थियो । आफ्नो प्रेस वार्तामा रजनीकान्तले यही लेखबारे उल्लेख गरेका थिए ।

उक्त लेखमा पत्रकार जीसी सकेरले सन् १९७१ मा ¥यालीको तस्विर गलत जानकारीसहित प्रकाशित गरेको भन्दै चो रामास्वामीविरुद्ध कारवाही गरेको बताएका छन् । चोले पछि एक स्थानीय अदालतमा माफी माग्दै उनले यो जानकारी सेलमको एक स्रोतबाट प्राप्त भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!