हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 774  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसीको कार्यकक्षमा तोडफोड गरेका छन् । बुधबार भएको हिंसात्मक प्रदर्शनको क्रममा प्रदर्शनकारीहरु तोडफोड गर्दै पेलोसीको कार्यकक्षमा पुगेका हुन् ।

एक व्यक्तिले पेलोसीको कार्यकक्षमा पुगेर आफ्नो खुट्टा डेस्कमा राखेको पोज दिएर फोटो खिचाएको देखिएको छ । अर्को तस्वीरमा ‘हामी पछि हट्दैनौं’ भनेर लेखिएको नोट पेलोसीको कार्यकक्षमा राखिएको देखिएको छ ।

न्युयोर्क टाइम्सका अनुसार धेरै प्रदर्शनकारीहरु पेलोसीको कार्यकक्षमा प्रवेश गरेका थिए । क्यापिटलबाहिर पनि प्रदर्शनकारीहरुले पेलोसीविरुद्ध लेखिएका नाराहरुसहित प्रदर्शन गरेका थिए ।

धेरै प्रदर्शकारीहरुले क्यापिटल अफिसभित्रको धेरै तस्वीरहरु सार्वजनिक गरेका छन् । अन्य फोटोमा प्रदर्शनकारीहरुले उक्त कार्यालयको सम्पत्ति लुटेको, झ्यालहरु तोडफोड गरेको र बाहिरबाट भवनमा चढेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!