हिपमत डटकम
काठमाडौं ,१२ माघ:हिन्दी फिल्मदेखि बंगाली, मराठी र तेलगू फिल्ममा धमाल मच्चाएकी अभिनेत्री रिया सेनले आज ३९ औं जन्मदिन मनाइरहेकी छिन् ।उनी आफ्नो फिल्मी जीवनमा बोल्ड लुक्सका कारण सधैँ चर्चामा रहिन् । पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय रहेकी सेन हट लुक्सका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट् गर्दै आएकी छिन् ।
उनी जीवनभरी नै चर्चित रहिन् । उनी व्यक्तिगत जीवनलाई लिएर पनि निकै चर्चित थिइन् । कोलकातामा जन्मिएकी रिया सेन अभिनेत्री मुन मुन सेनकी छोरी हुन् । उनले हिन्दीबाहेक बंगाली, तमिल, तेलुगू, मलयालम, मराठी र कन्नड जस्ता फिल्ममा काम गरिसकेकी छिन् । उनले २००१ मा हिन्दी फिल्म ‘स्टाइल’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।
१६ वर्षको उमेरमै गायिका फाल्गुनी पाठकको गीतमा ‘याद पिया की’ मा अभिनय गरेकी उनको सुन्दरता र नृत्यको निकै प्रशंसा भएको थियो ।
यसैबीच उनको एउटा एमएमएस लीक भयो । उनको २००५ मा अश्मित पटेलसँग सम्बन्धमा रहँदाको एमएमएस भाइरल भएको थियो । जसको कारण ती अभिनेत्रीको करियरमै ब्रेक लाग्यो ।
एमएमएसमा रियाल फिल्मको सेटमा आफ्नो को स्टारको कपडा उतारेर दुवैले एक अर्कालाई किस गरिरहेको भिडियो भाइरल भएको थियो । तर अश्मित र रियाले उक्त भिडियोलाई झुटो साबित गरिदिएका थिए ।