हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 842  पटक पढिएको

बुुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद् भवनमा हमला गरे । यसक्रममा एक ट्रम्प समर्थक महिला मारिइन् । यी महिला अमेरिकी एयर फोर्सकी पूर्व सदस्य रहेको खुलेको छ । मृत्यु हुनभन्दा एक दिनअघि मात्रै क्यालिफोर्नियाकी यी महिलाले ट्वीटरमा लेखेकी थिइन्, ‘कसैले हामीलाई रोक्ने छैन’ र ‘यहाँ आँधी आएको छ ।’

१४ वर्षसम्म अस्ली बाब्विटले एयरफोर्समा काम गरेकी थिइन् । यसक्रममा उनले चारवटा टुर गरेकी थिइन् । यी विवाहित महिला सान डिएगो नजिकै बस्ने गरेको उनका पति आरोनले बताए । ‘म विक्षिप्त छु । मेरो छोरालाई कसैले यस घटनाबारे जानकारी दिएन, हामीले टिभीमार्फत समाचार थाहा पायौं,’ बुहारीको मृत्युबारे आरोनकी आमा रोबिन बब्विटले भनिन्, ‘उनी ट्रम्प समर्थक थिइन् ।’

आरोनका भाई जस्टिनले सबै कुरा अनौठो र निराशलाग्दो रहेको बताए । ‘हामीलाई निकै गाह्रो भइरहेछ, हामीलाई औपचारिक जानकारी पनि आएको छैन । कसैले वास्ता गरेन,’ उनले भने । आफुमाथि गोल लाग्नुुभन्दा एक दिनअघि अस्लीले ट्वीट गरेकी थिइन्, ‘केही कुराले हामीलाई रोक्नेछैन, उनीहरुले प्रयास, प्रयास र प्रयास गर्नसक्छन्, तर आँधी यहाँ छ र २४ घण्टाभन्दा कम समयमा यो वासिङटन डिसीमा पुुग्दैंछ । … अन्धकारदेखि प्रकाशससम्म ।’

उनी र अन्य ट्रम्प समर्थकहरुले संसद् भवन घेरा हाल्नुअघि उनले लेखेका ट्वीटमा अब के गर्नुपर्छ भनेर उल्लेख गरिएको छ । माइक पेन्सले राजीनामा दिनैपर्ने र उनीविरुद्ध राष्ट्रद्रोहको अभियोग लगाउनुपर्ने, प्रमुख न्यायधीश जोन रोबर्टस्ले राजीनामा दिनैपर्नेलगायत मागहरु ट्वीटरमार्फत राखिएको थियो । गत नोभेम्बरमा निर्वाचन हारेपनि ट्रम्पले नतिजा स्वीकारेका छैनन् । उनले निरन्तर रुपमा निर्वाचन प्रक्रिया धाँधलीपूर्ण रहेको दाबी गरिरहेका छन् ।

बाइडेनले डिसेम्बरमा सम्पन्न इलेक्टोरल बैठकबाट ३ सय ६ सदस्यको मत प्राप्त गर्दै विजय सुनिश्चित गरेका थिए, ट्रम्पलाई २ सय ३२ इलेक्टोरल मतमात्रै प्राप्त भयो । यही इलेक्टोरल बैठकको मतलाई समीक्षा गर्दै प्रमाणीकरण गर्ने काम बुधबार संसद् बैठकले गर्दै थियो, तर त्यसअघि नै ट्रम्प समर्थकहरुले संसद् भवन घेरा हाले । त्यसपछि उनीहरु जर्बजस्ती कम्पाउन्डभित्र छिरे ।

भवनभित्र हुलदङ्गा निम्तिएपछि सुरक्षाकर्मीले गोल प्रहार गरे, बाब्विटको छातिमा एउटा बुलेट लाग्यो । भिडियोमा गोलीको आवाज सुनिन्छ र त्यसपछि यी महिला जमिनमा ढलेको दृश्य कैद छ । अधिकारीहरुले दिएको गोप्य जानकारीअनुसार संसद् भवनका प्रहरीले नै उनीमाथि गोली दागेका हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!