हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 867  पटक पढिएको

बलिउडमा आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुन् बिपासा बसु । उनी आज आफ्नो ४२ औँ जन्मदिन मनाइरहेकी छिन् । प्रखर अभिनयका कारण बलिउडमा अलग पहिचान बनाएकी यी अभिनेत्रीले सन् २००१ मा अब्बास मस्तानको फिल्म ‘अजनबी’बाट बलिउडमा पाइला टेकेकी थिइन् ।

यसपछि बिपाशाले कहिल्यै पनि करियरमा पछाडि फर्केर हेर्नुपरेन । उनको दमदार अभिनयका कारण नै उनले एकपछि अर्को सुपरहिट फिल्ममा काम गर्ने मौका पाइन् ।

बिपाशाले भुतका फिल्महरु ‘राज’ मा गरेको अभिनयले दर्शकको धेरै माया पाइन् । यसपछि उनले ‘धुम’, ‘हेराफेरि-२’ जस्ता फिल्ममा पनि दमदार अभिनय गरिन् ।

फिल्म खेल्ने क्रममा उनी थुप्रै घटनाहरुसँग जोडिएर चर्चामा आइन् । जसमध्ये अभिनेत्री करीना कपूरसँगको एउटा घटनाले पनि उनी निकै चर्चामा आइन् । सन् २००१ मा फिल्म ‘अजनबी’ मा बिपाशा र करीनाले एकसाथ काम गरेका थिए । फिल्म सेटमा उनीहरुबीच विवाद भयो । विवादकै क्रममा करीनाले बिपाशालाई थप्पड लगाइन् । जसको चर्चा आजसम्म पनि हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!