हिपमत डटकम

मंगलबार, माघ २८, २०८२ || 1413  पटक पढिएको

विराटनगर। विराटनगर प्रज्ञा प्रतिष्ठान र ललित कला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विराटनगरमा कोशी प्रदेश ललित कला प्रदर्शनी २०८२ आयोजना हुने भएको छ। प्रदर्शनी विराटनगरस्थित माडवारी सेवा सदनमा सञ्चालन हुनेछ।
नेपाल प्रकृति र संस्कृतिले भरिपूर्ण देश भएकाले त्यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रादेशिक ललित कला प्रदर्शनी आयोजना गरिएको कोशी प्रदेश ललितकला प्रदर्शनीका विराटनगर संयोजक सञ्जय बान्तवाले जानकारी दिनुभयो।

उहाँका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाबाट प्रदर्शनीमा सहभागिताका लागि १६४ जना कलाकारले आवेदन दिइसकेका छन्। जसमध्ये आधुनिक चित्रकलामा १०० जना, परम्परागत चित्रकलामा ५ जना, मूर्तिकलामा ५ जना, लोककलामा १० जना, हस्तकलामा १० जना र सिर्जनात्मक कलामा १७ जना कलाकार सहभागी हुनेछन्।

प्रदर्शनी माघ २९ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको पहिलो दिन दिउँसो १२:३० बजे उद्घाटन समारोह हुनेछ। दोस्रो दिन चित्रकलासम्बन्धी कार्यशाला तथा कविता वाचन कार्यक्रम आयोजना गरिनेछ। तेस्रो दिन विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई प्रदर्शनी अवलोकन गराइने छ भने चौथो दिन प्रमाणपत्र वितरणसहित कार्यक्रम समापन गरिने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रम सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ बराबरको अनुमानित खर्च लाग्ने बताइएको छ। ललित कला प्रदर्शनी सातै प्रदेशमा आयोजना गरिने र प्रत्येक प्रदेशबाट उत्कृष्ट कलाकृतिहरू छनोट गरी केन्द्रमा पठाइने जानकारी दिइएको छ। केन्द्रस्तरमा पुनः छनोट गरी कलाकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। यसअघि उक्त प्रदर्शनी २०८० सालमा इटहरी, २०८१ सालमा बेलबारीमा सम्पन्न भइसकेको र २०८२ सालमा विराटनगरमा आयोजना गरिने सञ्जय बान्तवाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!