फाइल तस्बिर

नेकपा (बहुमत) को केन्द्रीय संघर्ष समितिले हिजो काठमाडौंमा आयोजना गरेको विभिन्न राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा निम्त्याइएका माले महासचिव सीपी मैनालीले आफूलाई निम्त्याउने नेकपा अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् ।

आयोजकले छोट्याउन आग्रह गर्दा पनि पटक पटक ‘एकछिन’ भन्दै लामो भाषण गरेका मैनालीले माले स्थापनादेखिको प्रसङ्ग निकालेर नेपाल र स्वर्गीय मदन भण्डारीको कडा आलोचना गरेका थिए । माधव र मदनलाई अवसरवादी भन्दै उनले आफूलाई त्यतिबेला घेराबन्दीमा पारेर काम गर्न नदिएको आरोप लगाए ।

पूरै समय नेता नेपालको आलोचनामा खर्चेका मैनालीले अन्त्यतिर विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई पनि छाडेनन् । कुनै राजनीतिक ज्ञान नभएको भन्दै उनले मिश्रलाई बीबीसीको संवाददाता भनेपछि मञ्चमा आसिन नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए । कार्यक्रमबाट निस्किसकेका मिश्रको तल्लोस्तरमा उत्रेर मैनालीले आलोचना गर्न थालेपछि श्रेष्ठले आपत्ति जनाउँदै ‘यहाँ नभएको मान्छेको आलोचना नगरौं’ भन्नुपरेको थियो । श्रेष्ठलाई जवाफ फर्काउँदै मैनालीले ‘आफूले बोलेका कुराको जवाफदेही म आफू हुन्छु’ भन्दै भनाइ अन्त्य गरेका थिए।

त्यसअघि बोलेका मिश्रले राजनीतिक दलहरूको अहिलेको कार्यशैली र सांगठनिक प्रकृति नसच्चिए विभिन्न नाममा अहिलेको जस्तै प्रतिगमन दोहोरिनसक्ने खतरातर्फ सबैलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!