
चर्चित गायक डम्बर नेपाली र दीपक लिम्बूको सामुहिक स्वरमा ‘ याः राक्मा हौ सोल्टिनी ज्यू…’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

कान्छा बाँजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र लिम्बूले अभिनय गरेका छन् ।
लिम्बू भाषामा याःराक्मा भनेको धान नाँच हो । युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा दिपकले आफ्नो सोल्टिनीलाई प्रेमपत्र दिन भनेर डम्बर आग्रह गर्छन् ।
दिपकलाई हिम्मत हारेका भन्दै गायक नेपालीले सोल्टी तपाई पत्र नदिने भने म लगिदिन्छु भन्छन् । प्रेम पत्र दिनजाँदा गायक नेपालीसँगै सोल्टनीको प्रेम बसेको र उनीहरुको मायाका क्षणहरु भिडियोमा उतारिको छ ।
डम्बरले सोल्टिनीलाई बाईकमा भगाएर लैजादै गर्दा दीपकले बाटो छेकेर चिर्पट प्रहार गर्छन्, अनि आँफै झंल्यास्स हुन्छन्, भिडियोमा देखाईको दृश्य त उनको कल्पनाको डुबाई पो रहेछ ।
दीपकले डम्बर नेपालीलाई सोल्टी ज्यू भन्दै चिठि मै दिन जान्छु भनेर भिडियोको इन्डिङ गरिएको छ ।
रोमान्टिक भिडियो अनि नेपाली टिपिकल शब्दमा तयार पारिएको गीत भिडियोको रातोपुलस्थित रक हाउसमा एक समारोह गरि औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।
उपस्थित अतिथी तथा दर्शकदिर्घालाई प्रोजेक्टर मार्फत भिडियो देखाईयो ।भिडियोको सबैले प्रशंषा गरेका थिए ।
लिम्बू परिवेश र रहनसहनमा रहेको भिडियोको भूपेन्द्र तुम्बाहाम्फेले छायाँङ्कन तथा किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।