हिपमत डटकम

बुधबार, पौष २२, २०७७ || 711  पटक पढिएको

नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ पर्यटकिय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ ।

नेपालको ७७ वटै जिल्लामा बिभिन्न समयमा खिचिने यस टेलिचलचित्र यस पुस २३ गतेबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने बताइएको छ । मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजीक कार्यक्रममा प्रसारण समय र टेलिभिजनबारे जानकारी गराइयो ।

कार्यक्रममा अतिथीको रुपमा उपस्थित हुनुभएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रसंसा गर्नुभयो । उहाँले नेपालको पर्यटकिय क्षेत्रहरुलाई एक टेलिचलचित्रमार्फत देशब्यापी बनाउन खोजेको भन्दै सम्पुर्ण टिमलाई धन्यवाद ब्यक्त गर्नुभयो । ‘पर्यटन बोर्डले गर्नुपर्ने काम कलाकारहरुले गर्नुभएको छ, यो त हाम्रो लागी निकै राम्रो कुरा हो ।

पर्यटन बोर्डले गर्न सक्ने सहयोग गर्नेछ ।’ रेग्मीले भन्नुभयो ।
यस्तै कार्यक्रममा उपस्थित हुनुभएका सुचना तथा सञ्चार मन्त्रालयका प्रेस बिज्ञ राजेन्द्र मानन्धरले अहिलेको कोरोनाको अवस्थामा पनि देशको पर्यटनलाई उठाउन मद्धत गरेको भन्दै टेलिचलचित्र टिमलाई शुभकामना दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘कोरोना भाइरसले आफै बिपदमा परिरहनुभएका कलाकारहरुले यति राम्रो काम गर्नुभएको छ । यो टेलिचलचित्रले जस्तै नेपाल टेलिभिजन पनि सबै बर्गको समावेशी टेलिभिजन बन्ने प्रयत्न गरिरहेको छ ।’

पर्यटकिय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’को पहिलो चार भाग नेपालको पर्यटकिय क्षेत्र जुम्ला र मुगुमा खिचिएको जानकारी गराइयो । यस्तै कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको प्रोमो पनि देखाइएको थियो । टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केहि कलाकारसँगै अन्य अधिकांश स्थानिय कलाकारको अभिनय रहेको छ ।

टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले छायांकनको क्रमको अनुभव सुनाउँदै भन्नुभयो, ‘सुरुको चार भाग खिच्न हामी जुम्ला र मुगुमा पुगेका थियौं । त्यहाँको मौलिकताको प्रसंसा गरेरै सक्दिन, त्यहाँको रितिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यहि मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं । दर्शकलाई अवस्थ मन पर्नेछ ।’

जुम्ला र मुगुमा चार भाग खिच्नकै लागी १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी दिनुभयो । ‘नेपालको पर्यटन, संस्कृती, प्राकृतिक बिबिधता, भाषा, जात, धर्म तथा बिभिन्न पर्वहरुको प्रचार तथा त्यसको संरक्षणका लागी बज्रलिंक मिडियाले यसअघि पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!