आइतबार, माघ १२, २०७६ || 766  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, माघ १२ : आइतबार विहानदेखि देशभरको मौसममा बदली आएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा पनि हुस्सु लागेको छ । काठमाडौं उपत्यकामा पनि अकाशमा बादल लागेकाले घाम लागेको छैन । घाम नलागेका कारण देशभरको मौसम चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यका अनुसार तराई क्षेत्रमा बाक्लो कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा बदली भएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनमा आइतबार विहान साढे ७ बजे भैरहवा, जनकपुर र विराटनगरमा पनि विहानको भिजिविलिटी निकै कम रहेको छ । पूर्वी पहाडी क्षेत्रमा भने पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले बताइन् । अन्य क्षेत्रमा पनि भने पानी पर्ने सम्भावना कम छ । आइतबार दिउँसोदेखि नै मौसम खुल्ने उनको भनाइ छ । पूर्वी भूभागमा रहेको न्युनचापीय मौसम प्रणलीका कारण बदली भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!